शान्तिनगरको जेब्राक्रसमै मोटरसाइकलको ठक्कर, ३ जना घाइते


काठमाडौं – शान्तिनगरमा बुधबार बिहान मोटरसाइकलले ठक्कर दिँदा चालकसहित तीनजना घाइते भएका छन्।

तीनकुनेबाट बानेश्वरतर्फ जाँदै गरेको बा ३८ प ९३४६ नम्बरको मोटरसाइकले ठक्कर दिँदा पैदलयात्री दोलखाका ४८ वर्षीय ध्रुव शिवाकोटी र काभ्रेकी २६ वर्षीया विमला तामाङ घाइते भएका हुन्। ठक्कर दिने मोटरसाइकल चालक काभ्रेका ३२ वर्षीय देवकुमार तामाङ पनि घाइते भएका छन्।

जेब्रा क्रसिङबाट बाटो काट्ने क्रममा शिवाकोटी र तामाङलाई मोटरसाइकलले बिहान साढे ५ बजेतिर ठक्कर दिएको हो।

घाइते तीनैजनाको उपचार मीनभवनस्थित सिभिल अस्पतालमा भइरहेको बानेश्वर प्रहरी वृत्तका प्रहरी सहायक हवलदार सुरेश अधिकारीले जानकारी दिए। उनीहरूको अवस्था सामान्य रहेको उनले बताए।

प्रतिक्रिया