

म्याग्दीमा जीप दुर्घटना हुँदा दुईजनाको मृत्यु

म्याग्दी- म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ नेपानेमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।
गाउँपालिकाको केन्द्र पोखरेबगरबाट पाउद्वार जाँदै गरेको ग १ ज ७६५३ नम्बरको जीप दुर्घटना भएको हो ।
दुर्घटनामा चालक अन्दाजी ३७ वर्षका गणेश श्रेष्ठ र पाउद्वारका अन्दाजी २७ वर्षीय लालबहादुर तिलिजाको मृत्यु भएकाे अन्नपूर्ण गाउँपालिका–५ का वडासदस्य पूर्ण पाइजाले जानकारी दिए।
प्रहरीको टोली घटनास्थल पुगेर शव सङ्कलन, पहिचान र अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायब उपरीक्षक मदन कुँवरले बताए ।

