

वन अधिकृत साहसहित २४ जनाविरूद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं- सरकारी सम्पत्ति हिनामिना गरेङ्कव आरोपमा अख्तियार दुरुपयाोग अनुसन्धान आयोगले २४ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
महोत्तरीका तत्कालीन डिभिजनल वन अधिकृत हेमन्तप्रसाद साहसहित २४ जनाविरूद्ध आइतबार मुद्दा दायर गरिएको आयोगले जानकारी दिएको छ। २४ जनाविरूद्ध ११ लाख ९६ हजार ६९५ रुपैयाँ बराबरको सरकारी सम्पत्ति हानी नोक्सानी पुर्याइएको कसुरमा मुद्दा दायर गरिएको आयोगले जानकारी दिएको छ ।
अख्तियारले डिभिजन वन कार्यालय जलेश्वर, महोत्तरीका तत्कालीन सहायक वन अधिकृत बेचन ठाकुरविरूद्ध पनि भ्रष्टाचार आरोपमा मुद्दा दायर गरिएको जानकारी दिएको छ । उनीहरुले दर्तावाल जग्गाका रुखहरु भनेर रम्तेल डाँडा सामुदायिक वनका सखुवा, सिसौ, भिक्स र टिक जातका रुख बिरुवा जथाभावी कटान गरी वन क्षेत्रको जग्गासमेत तारबार गरेर सार्वजनिक सम्पत्ति हिनामिना गरेको आरोप आयोगको छ ।
आयोगका अनुसार उपभोक्ता समितिका तत्कालीन उपाध्यक्ष उमादेवी बुढाथोकी, कोषाध्यक्ष प्रेम बहादुर थापा, सचिव धनकुमारी मगर भनिने धनकुमारी, तत्कालीन सदस्यहरु उर्मिला थापा मगर र पूर्ण बहादुर सुस्लिङविरुद्ध पनि सोही प्रकरणमा मुद्दा दायर गरिएको छ ।
त्यस्तै महोत्तरी, बर्दिबास नगरपालिका-१ बस्ने जग्गाधनीद्वय लिलामणी आचार्य र कृष्णप्रसाद गौतम, रम्तेल डाँडा सामुदायिक वनका उपभोक्ता एमबहादुर थापा मगर र नन्दमाया खनाल भनिने नन्दमाया क्षेत्री र सिन्धुलीको सुनकोशी गाउँपालिका-४ का रुख कटान गर्ने ठेकेदार सन्दिप नेपालीविरूद्ध पनि अख्तियारले मुद्दा दायर गरिएको बताएको छ ।

