


राेकिराखेको ट्रकमा बस ठोक्कियो, एक जनाको मृत्यु

चितवन – चितवन–नारायणगढ मुग्लिन सडकको जलबिरेमा बस र ट्रक ठोक्किँदा एक जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा भारत मोतिहारीका ३५ वर्षीय गौरी दासको भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डीएसपी श्रीराम भण्डारीले बताए।
ग १ ख ८५२४ नम्बरको उक्त बस इच्छाकामना गाउँपालिका–६ मा पर्ने जलबिरेमा सडक किनारमा रोकिराखेको ना ६ ख ३५८० नम्बरको ट्रकसँग ठोक्किएको चितवन प्रहरीले जनाएको छ।
अन्य चारजना घाइते छन्। तीनजनाको अवस्था मध्यम र एकजना सामान्य छन्। प्रहरीले बसका चालकलाई नियन्त्रणमा लिएको छ।

