एकैदिन २०२ जना फरार प्रतिवादी पक्राउ


सर्लाही- जिल्ला प्रहरी कार्यालय सर्लाहीले एकै दिन २०२ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।

उनीहरूलाई जिल्ला प्रहरी कार्यालय सर्लाही लगायतका स्थानबाट खटिएको प्रहरी टोलीले शुक्रवार पक्राउ गरी जिल्ला अदालत मलंगवा सर्लाहीमा बुझाएको हो ।

पक्राउ परेकाहरूबाट ५ दिनदेखि ३ वर्ष ६ महिनासम्म कैद र १०० रुपैयाँदेखि ३ लाख ६३ हजार रुपैयाँ जरिवाना असुलउपर हुन बाँकी छ ।

प्रतिक्रिया