भोजपुरमा आगलागीमा एकै परिवारका ३ बालबालिकाको मृत्यु


विराटनगर – भोजपुरको हतुवागढी गाउँपालिका–७ पात्लेपानीमा आगलागीमा परी एकै परिवारका ३ बालबालिकाको ज्यान गएको छ।

जिल्ला प्रहरी कार्यलय भोजपुरका प्रहरी निरीक्षक दलकुमार राईका अनुसार एकै परिवारका ७,६ र ३ बर्षका बालबालिकाको जलेर मृत्यु भएको हो।

घटनाको थप जानकारी आउन बाँकी रहेको र इलाका प्रहरी कार्यालय घोडेटारबाट प्रहरी निरीक्षक बिक्रम शाहको टोली घटनास्थल तर्फ गएको प्रहरी निरीक्षक राईले बताए ।

प्रतिक्रिया