पोखरालाई पर्यटकीय राजधानी घोषणा गरिँदै


कास्की- पोखरालाई नेपालको पर्यटकीय राजधानी घोषणा गर्ने तयारी अन्तिम चरणमा पुगेको छ ।  पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले पोखरालाई नेपालको पर्यटकीय राजधानी घोषणा गर्ने तयारी अन्तिम चरणमा पुगेको बताए ।

उनले भोलि एक भव्य कार्यक्रम गरेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्ने जानकारी दिए ।

पर्यटन क्षेत्रको विकासले पोखरा र गण्डकी प्रदेशकै अर्थतन्त्रमा सहयोग पुग्ने अपेक्षा छ । मेयर आचार्यले अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजनाका साथमा पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न लागिएको बताए ।

प्रतिक्रिया