सुरतको शव घरसम्म पुर्याइदिन परिवारको आग्रह


काठमाडौं – कुवेतमा सवारी साधन दुर्घटनामा परी मृत्यू भएका अछामका सुरत बहादुर कडायतका परिवार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोल प्रसाद अर्यालसँग भेट गरेका छन् ।

भेटमा मृतक सुरतका भाई झम्क बहादुर कडायतले शवलाई घरसम्म पुराउने व्यवस्था गरिदिन तथा गन्तब्य मुलुकबाट पाउने क्षतिपूर्ति रकम सहज रुपमा प्राप्त हुने व्यवस्था गरिदिन मन्त्री अर्यालसँग माग गरेका छन् ।

मन्त्री अर्यालले मन्त्रालयले आवश्यक प्रक्रियाको लागि वैदेशिक रोजगार बोर्डलाई निर्देशन दिएको बताए । साथै मृतक श्रमिकको परिवारले पाउने सेवा सुविधालाई जतिसक्दो छिटो भुक्तानी गरिने समेत प्रतिबद्धता व्यक्त गरेका छन् ।

गत मंगलबार सुरतको कुवेतमा कार दुर्घटना परी मृत्यू भएको थियो ।

प्रतिक्रिया