विराटनगरमा एक स्टाफ नर्सको हत्या


विराटनगर- मोरङको विराटनगरस्थित नोबेल मेडिकल कलेजमा कार्यरत एक स्टाफ नर्सको हत्या भएको छ ।

सिरहाकी २२ वर्षीया चन्द्रीका कुमारी दासकाे हत्या  भएकाे प्रहरीले जनाएको छ ।

उनको शव काेठाको बाथरूममा फेला परेको प्रहरीले जनाएको छ । दासको घाँटी, अनुहारलगायत शरीरका विभिन्न भागमा धारिलो हतियारले हानेको गहिरो चोट छ ।

शवको प्रकृति हेर्दा हत्या भएको जस्तो देखिएको र यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया