आकस्मिक मन्त्रीपरिषद् बैठक बस्दै, प्रहरीका उपल्ला हाकिममाथि डण्डा लाग्दै !


काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहालले आज (शुक्रबार) आकस्मिक मन्त्रीपरिषद् बैठक बोलाएका छन् । सुन तस्करी प्रकरणमा जाँचबुझ आयोगले बुझाएको प्रतिवेदनको कार्यान्वयनका लागि प्रधानमन्त्रीले आकस्मिक मन्त्रीपरिषद् बैठक बोलाएका हुन् ।

प्रतिवेदनले केही राजनीतिक दलका नेतासहित नेपाल प्रहरीका उच्च अधिकृतहरुमाथि छानबिन एवं कारबाहीका लागि सिफारिस गरेपछि लप्रधानमन्त्रीले आकस्मिक मन्त्रिपरिषद् बैठक बोलाएका हुन् ।

५ बजेका लागि बोलाइएको मन्त्रीपरिषद् बैठकमा प्रतिवेदनअनुसार कारबाहीको सिफारिसमा परेका नेपाल प्रहरीका उच्च अधिकारीहरुलाई कारबाहीका लागि छलफल हुने र निर्णयसमेत गरिने स्रोतले जनाएको छ ।

प्रतिवेदनअनुसार केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी) प्रमुख पनि कारबाहीको दायरामा आउने भएकोले उनीसहित अन्य केही अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी)को पनि जिम्मेवार हेरफेर गर्नेबारेमा निर्णय हुने जनाइएको छ ।

प्रधानमन्त्री दाहालले आकस्मिक मन्त्रीपरिषद् बैठक बोलाउनुअघि गृहमन्त्री रवि लामिछानेले नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजी) बसन्त कुँवरसमेतको उपस्थितिमा प्रतिवेदन बुझेका थिए ।

प्रतिक्रिया