

सुन तस्करी प्रकरणः मन्त्रीपरिषद् बैठक बस्दै

काठमाडौं — प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद्को बैठक बोलाएका छन्।
प्रधानमन्त्री दाहालले साँझ ५ बजे बस्ने गरी मन्त्रिपरिषद्को बैठक बोलाएका हुन्।
बैठकमा सुन तस्करीसम्बन्धी जाँचबुझ आयोगले बुझाएको प्रतिवेदन कार्यान्वयनका विषयमा छलफल हुने जनाइएको छ ।
प्रधानमन्त्री दाहालले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेसँग प्रतिवेदनमाथि छलफल गरेर कारबाही प्रक्रिया अघि बढाउने निर्णय सरकारले गर्न लागेको हो।

