

कान्तिपुरविरुद्ध पूर्व आईजी खनाल रिपोर्टस क्लबमा

काठमाडौं – पूर्व प्रहरी महानिरीक्षक (आईजी) सर्वेन्द्र खनालले पत्रकार सम्मेलन गर्ने भएका छन् ।
खनालले सामाजिक सञ्जालमार्फत् कान्तिपुर राष्ट्रिय दैनिकले आफ्नो नाम र फोटो संलग्न गरी बदनियतपूर्ण तरिकाले समाचार प्रकाशन गरेको जनाउँदै त्यस समाचारको घोर भत्र्सना समेत गरेका छन् ।
खनालले उक्त समाचारबारे शुक्रबार दिउँसो ३ बजे रिपोर्टस क्लबमा पत्रकार सम्मेलन गर्ने समेत जानकारी गराउँदै सञ्चारकर्मीहरुलाई उपस्थितिको लागि समेत अनुरोध गरेका छन् ।
उनले लेखेका छन्, ‘आज कान्तिपुर पत्रिकामा मेरो नाम र फोटो दुरुपयोग गरी बदनीयतका साथ मिथ्या, कपोलकल्पित र भ्रमपूर्ण समाचार प्रकाशन गरिएको हुँदा मेरो गम्भीर ध्यानाकर्षण भएको छ । मेरोबारे लेखिएको झुट समाचारको घोर भर्त्सना गर्दछु । यस बारे आज ३ बजे रिपोर्टस क्लबमा पत्रकार सम्मेलन गर्दै छु । सम्पूर्ण पत्रकार साथीलाई उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछु ।’

