दाइजो मागेर विवाह भाँड्नेलाई सांसद चाैधरीले दिइन् अपराधीको संज्ञा


काठमाडौँ – दाइजो मागेर विवाह भाँड्नेलाई कानुनी कारबाही गर्न माग गरिएको छ ।

सांसद शान्ति चौधरीले दाइजो मागेर विवाह भाँड्नेलाई सार्वजनिक अपराधीको संज्ञा दिँदै कानुनी कारबाही गर्न माग गरेकी हुन् ।

यस्ता घटनासागै दाइजो नियन्त्रणमा पनि विशेष काम गर्नुपर्ने उनले बताइन् ।

व्यवस्था फेरिए पनि अवस्था नफेरिएको भन्दै उनले अवस्था परिवर्तनमा काम गर्नुपर्ने बताइन् ।

उनले मधेस प्रदेशमा दाइजो प्रथाका कारण महिलाहरू पीडित बनिरहेको भन्दै आत्महत्या गर्ने अवस्था आउन नदिन सरकारले विशेष अभियान चलाउनुपर्ने बताइन् ।

प्रतिक्रिया