गभर्नर अधिकारीको मुद्दामा अर्थमन्त्रालयले दियो लिखित जवाफ


काठमाडौँ – नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको शैक्षिक योग्यतामा प्रश्न उठाउँदै दायर रिटमा अर्थमन्त्रालयले लिखित जवाफ पेस गरेको छ ।

मन्त्रालयले सर्वोच्चमा पेस गरेको लिखित जवाफमा गभर्नर अधिकारीको शैक्षिक योग्यता पुगेको उल्लेख गरिएको छ ।
‘तत्कालीन सिफारिस समितिलाई प्राप्त योग्यता तथा अनुभव समेतका कागजातबाट न्यूनतम योग्यता पूरा भएको देखिएकोले निजलाई नियुक्तिको लागि नेपाल सरकार, मन्त्रिपरिषद्मा नियुक्तिको लागि सिफारिस भएको र सोही सिफारिस बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्बाट नियुक्ति भएको हो’ अर्थमन्त्रालयले महान्यायाधिवक्ताको कार्यालयमार्फत पेस गरेको लिखित जवाफमा भनिएको छ ।

त्रिभुवन विश्वविद्यालयबाट सन १९८८ मा वाणिज्य प्रशासनमा स्नातक र सन् १९९३ मा भारतबाट चार्टर्ड एकाउन्टेन्ट उत्तीर्ण गरेकाले गभर्नर हुने योग्यता पुगेकोे जवाफमा उल्लेख छ ।

राष्ट्र बैङ्कको गभर्नर हुन योग्यता नपुगेको भन्दै अधिवक्ता दीपकराज जोशी, प्रतापसिंह ठकुराठी, दामोदर तिम्सिना र चूडामणि भण्डारीले गत वर्ष पुस १२ गते सर्वोच्चमा रिट दिएका थिए, भट्टराईसहित मन्त्रिपरिषद्, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई विपक्षी बनाइएको रिटमाथि यही फागुन २१ गते सर्वोच्चमा सुनुवाइ हुँदै छ ।

नेपाल सरकार, मन्त्रिपरिषद्ले नेपाल राष्ट्र बैंकको १७ औं गभर्नर, पदमा मिति २०७६/१२/२४ मा प्रत्यर्थीमध्येका महाप्रसाद अधिकारीलाई नियुक्ति गरेको थियो ।

प्रतिक्रिया