लागुऔषधको मुद्दा मिलाइदिन्छु भन्दै घुस लिने सई दोषी ठहर


काठमाडाैं- लागुऔषधको मुद्दा मिलाइदिने भन्दै ३० हजार रुपैयाँ घूस लिएको अभियोगमा पक्राउ परेका प्रहरी नायब निरीक्षक पवन साउद दोषी ठहर भएका छन् । उनलाई विशेष अदालतले ३ महिना कैद र ३० हजार रुपैयाँ जरिवानाको सजाय सुनाएको हो ।

इलाका प्रहरी कार्यालय मैनाखोर बर्दियामा कार्यरत उनलाई घूस लिइसकेको अवस्थामा अख्तियारले मंसिर १२ गते नियन्त्रणमा लिएको थियो।

प्रतिक्रिया