

माओवादी केन्द्र स्थायी कमिटी बैठक आज बस्दै

काठमाडौं – सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक आज बस्दैछ ।
बैठक आज बिहान ११ बजे पार्टी केन्द्रिय कार्यालय पेरिस डाँडामा बस्न लागेको हो ।
बैठकमा पदाधिकारीको जिम्मेवारी हेरफेर र प्रदेश इन्चार्ज तोक्ने, परिमार्जित विधान अनुमोदन गर्ने, चैत–वैशाखमा हुने अभियानको कार्यक्रम र कमाण्डर तोक्ने लगायतका विषयमा छलफल हुनेछ ।
साथै समसामयिक राजनीति र गठबन्धनको समीक्षा हुने बताइएको छ ।

