कांग्रेस केन्द्रीय सदस्य लामामाथि अपहरणको आरोप, किनेको जग्गाको पैसा नतिर्न खड्काको नौटंकी


काठमाडौं – नेपाली कांग्रेस केन्द्रीय सदस्य गणेश लामामाथि अपहरणको आरोप लगाएका ज्ञानेन्द्र खड्काले जग्गा किनेबापतको पैसा नतिरेको रहस्य खुलेको छ ।

निज खड्काले मिति २०७१ असोज ३० गते काभ्रे जिल्ला धुलिखेल मालपोत कार्यालयबाट धुलिखेल नगरपालिका वडा नं. ४ को कित्ता नं. ५२ को २–७–३–१ क्षेत्रफलको जग्गा खड्काकी श्रीमती नानी मैंया कार्कीको नाममा पास गरेका हुन् । अरनिको राजमार्गसँग जोडिएको उक्त जग्गा किनेबापतको पैसा तिर्नका लागि खड्काले लामासँग केही समयको भाखा मागे पनि उक्त रकम नतिरी सम्पर्कबिहीन रहेका थिए । त्यसपछि उनले लामासँग सम्पूर्ण सामाजिक सञ्जालका साथै अन्य माध्यमबाट पनि सम्पर्कविच्छेद गरेर विदेश गई लामोसमयसम्म सम्पर्कबिहीन भएका थिए ।

खड्कालाई पत्ता लगाउनकै लागि लामाले आफूले बेचेको जग्गाका खरिद गर्ने ग्राहक खडा गरी त्यसकै माध्यमबाट जानु परेको थियो । जग्गा बेचेको करिब ९ वर्षपछि बल्ल खड्कालाई भेटेका लामाले उक्त जग्गाबापतको पैसा मागेपछि छलफलको क्रममा हालको चलनचल्ती र त्यतिबेलाको मूल्यको मध्यभागमा रहेर करिब ४० आना जग्गाको २० करोड रुपैयाँ मूल्य कायम गरी खड्काले राजीखुशीले कागज गरेका थिए । पछिल्लो समय १० लाख रूपैयाँभन्दा बढीको कागजात वडामा गएरमात्र प्रमाणित गर्नुपर्ने कानुनी प्रावधान रहेको र त्यसका लागि दुवै पक्ष गएर वडाको रोहबरमा सही छाप गर्नुपर्ने व्यवस्था रहेकोले सोही अनुसार दुवै गएर मिति २०८० साल पुस २४ गते वडा कार्यालयमा दुवै जना (तिर्नुपर्ने र लिनुपर्ने) गएर वडाको रोहबरमा प्रमाणित समेत गरिएको छ ।

त्यस कागज गरिसकेपछि पनि खड्काले लामाको छोराको बैंक खातामा केही रकम पठाएको देखिएको छ । तर, त्यसपछि एकाएक बाँकी पैसा नतिर्नका लागि खड्काले पछिल्लो हतकण्डा अपनाएको लामाको दाबी छ । तिर्नुपर्ने पैसा नतिरी कागज गरिसकेपछि अहिले पछिल्लो समय नतिर्नकै लागि र केन्द्रीय सदस्य लामाको बदनाम गराउने उद्देश्यले खड्काले उक्त कार्य गरेको खुलेको हो ।

सामान्य आर्थिक हैसियतका खड्का पछिल्लो समय नेपालमा प्रतिबन्धित विटक्वाईन र क्रिप्टो करेन्सीको कारोबार गर्दै अथाहा सम्पत्ति आर्जन गर्नुका साथै नेपालमा भन्दा विदेशमा नै धेरै बस्दै समेत आइरहेका छन् ।

प्रतिक्रिया