

प्रेस युनियनले कांग्रेस महासमिति बैठक बहिस्कार गर्ने

काठमाडौँ – नेपाली कांग्रेसको महासमिति बैठकमा कांग्रेसको शुभेच्छुक संस्था नेपाल प्रेस युनियन संस्थागत रूपमा सहभागी नहुने भएको छ ।
युनियनका अध्यक्ष शिव लम्सालले लोकतान्त्रिक अभ्यासबाट निर्वाचित युनियन केन्द्रीय समितिको कार्यक्षेत्रमाथि हस्तक्षेप भएको भन्दै महासमिति बैठकमा उपस्थित नहुने जनाएका छन् ।
अध्यक्ष लम्सालले विज्ञप्ति जारी गर्दै कांग्रेस केन्द्रीय निर्वाचन समितिले विधानको अपव्याख्या गरी गरेको निर्णयले प्रेस युनियन र काङ्ग्रेसबिचको शुभेच्छुक सम्बन्धलाई बिथोल्न चाहनेहरूलाई बल पुगेको बताएका छन् ।

