ज्वालालाई मन्त्रीबाट बर्खास्त गर्न रविको ध्यानाकर्षण


काठमाडाैं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले ललितपुरको बालकुमारीमा पुस १३ गते भएको घटनाका दोषीलाई कारबाही गर्न माग गरेका छन् ।

आइतबार प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा सभापति लामिछानेले छानबिन समितिले मन्त्री ज्वालालाई दोषी देखाएको सन्दर्भमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको जाँच लिन चाहेको बताएका हुन् ।

लामिछानेले भने, ‘बालकुमारीमा २ जनाको हत्या भएको घटनालाई हामीले सामान्य रूपमा लिएका छैनौं । छानबिन समितिले निष्कर्ष निकाल्यो, भौतिक पूर्वाधार तथा यातायात मन्त्री दोषी रहेको प्रतिवेदनले स्पष्ट गरिसक्यो । न सम्बन्धित मन्त्रीले नैतिकता देखाउनुभएको छ, न प्रधानमन्त्रीले (बर्खास्त) गर्नुभएको छ । के गर्ने हो ? प्रधानमन्त्री प्रचण्डले यही संसद्को रोस्ट्रमबाट बोल्नुपर्नेछ ।’

ललितपुरको बालकुमारीमा दुई जना युवाको मृत्यु हुने गरी भएको घटनामा जाँचबुझ गर्न गठित आयोगले भौतिक मन्त्री ज्वालाको कमजोरी औँल्याएसँगै एमालेले उनलाई बर्खास्त गरेर कारबाही प्रक्रिया अघि बढाउन माग गरेको छ ।

 

 

प्रतिक्रिया