मामाघर गएकी बालिकाको बाल्टीमा डुबेर मृत्यु


कैलाली- पानी भरिएको बाल्टीमा डुबेर १ वर्षीया बालिकाको मृत्यु भएको छ ।

कैलालीको टीकापुर नगरपालिका – १ शान्तिनगरकी सृतना चौधरीकी छोरी आरोहीको शनिबार पानीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार नल्कामा भरेर राखिएको पानीको बाल्टीमा डुबेर आरोहीको मृत्यु भएको हो । शनिबार उनी चमेलीपुर मामाको घर गएकी थिइन् ।

बाल्टीमा डुबेर गम्भीर घाइते भएकी उनको टीकापुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । प्रहरीले घटनाको विषयमा थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया