नेपालको शानदार सुरुवात, ९ ओभरमा बनायो ९० रन


काठमाडौं — नेदरल्याण्ड्सविरुद्ध नेपालले शानदार सुरुवात गरेको छ ।

कुशल भुर्तेलले उत्कृष्ट बलिङ गर्दै चार विकेट लिएर १३७ रनमा समेटिएको नेदरल्याण्ड्सले दिएको १३८ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले शानदार सुरुवात गरेको हो ।

नेपालका लागि कुशल भुर्तेलले ११ बलमा २८ रनको विस्फोटक पारी खेल्दै आउट भए पनि आशिफ शेख र अनिल शाहले नेपाललाई शानदार सुरुवात दिलाएका हुन् ।

अहिले नेपालले ९ ओभरमा १ विकेट गुमाएर ९० रन बनाइसकेको छ ।

अहिले आशिफ शेखले ३३ रन बनाएका छन् भने अनिल शाहले २७ रन बनाएर खेलिरहेका छन् । उनीहरुले ३७ बलमा ५४ रनको साझेदारी गरिसकेका छन् ।

प्रतिक्रिया