काठमाडौंका यी स्थानमा अझै दुई महिनाका लागि थपियो निषेधाज्ञा (सूचनासहित)


काठमाडौं – जिल्ला प्रशासन कार्यालय काठमाडौंले माइतीघर मण्डलादेखि बानेश्वर चोकसम्मको निषेधित क्षेत्र कायमै राखेको छ ।

विवादकाबीच पनि माइतीघर मण्डलाको चारैतर्फ र माइतीघर मण्डलादेखि बबरमहल पूल हुँदै नयाँ बानेश्वर चोकसम्म पुनः निषेधाज्ञा कायम गरिएको हो ।

शनिबारदेखि बढीमा दुई महिनासम्मका लागि पाँच जनाभन्दा बढी भेला जम्मा भई जुलुस, प्रदर्शन, धर्ना, घेराउ, अनसन, घेराउ, सभाजस्ता आन्दोलन वा विरोधका कार्यक्रम गर्न निषेध गरिएको प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले जारी गरेको आदेशमा उल्लेख छ ।

स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा (३क) बमोजिम यस्तो आदेश जारी गरिएको जनाइएको छ ।

प्रतिक्रिया