गण्डकी प्रदेशमा भोलि सार्वजनिक बिदा


काठमाडाैं- गण्डकी प्रदेश सरकारले भोलि सार्वजनिक बिदा दिएको छ । प्रदेश स्थापना दिवसको अवसरमा सार्वजनिक बिदाको घोषणा गरिएको बताइएको छ ।

गत चैत ८ गतेको प्रदेश मन्त्रिपरिषद्को निर्णयानुसार बिदा दिइएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ । भोलि प्रदेशभरका सबै सरकारी कार्यालय, शैक्षिक संस्था र सार्वजनिक संस्थान बन्द रहने जारी सूचनामा उल्लेख छ ।

 

प्रतिक्रिया