
विद्यालयका शिक्षिकाबीच हानाहान
कैलाली- कैलालीको मोहन्याल गाउँपालिका–७ कुहिनेको अरनीको आधारभुत विद्यालयमा शिक्षिकाबीच कुटाकुट भएको छ । विद्यालयकी प्रावि स्थाई दरबन्दीकी शिक्षिका देवकी जोशी र बालविकास शिक्षिका रिता बिष्टबीच कुटाकुट भएको हो ।
माघ २६ गते शुक्रबार विद्यालय समयमा दुवै शिक्षिकाबीच कुटाकुट भएको विद्यालयका प्राधानाध्यापक लोकराज धमलाले जानकारी दिएका छन् ।
शिक्षिका बिष्टले आफ्नो औंला काटेको देवकी जोशीले आरोप लगाएकी छन् । जोशी अहिले आफू असुरक्षित भएको भन्दै प्रअलाई जानकारी गराएर धनगढीस्थित घरमा बसिरहेकी छिन् ।
उता विद्यालय व्यवस्थापन समितिले दुवै पक्षलाई छलफल गराई विवाद मिलाउन माघ २९ गते बैठक राखिएको अध्यक्ष हस्तनाकुमारी माँझीले बताएकी छन् । तर, दुवै पक्ष उपस्थित नभएका कारण बैठक विना निश्कर्ष टुङ्गिएको उनले बताइन् ।
शिक्षिका बिष्ट बैठकमा उपस्थित भएपनि जोशी आफु असुरक्षित भएको भन्दै बैठकमा सहभागी भइनन् । शिक्षिका जोशीलाई चारदिनभित्र हाजिर हुन पत्राचार गरेको व्यवस्थापन समिति अध्यक्ष माझीले जानकारी दिएकी छन् ।



कागजपत्र |
