

अनिल शाहको पहिलो शतक, भीमले पनि हाने शतक, क्यानडाविरूद्ध सिरिज ‘क्लिनस्वीप’ नजिक नेपाल

काठमाडौं — क्यानडाविरुद्धको सिरिजको अन्तिम खेलमा नेपालका भीम सार्की र अनिल शाहले सानदार प्रदर्शन गरेका छन् ।
उनीहरु दुवैले शतक हानेका छन् । अनिल शाहले १०४ रन बनाउँदा भिम सार्कीले पनि शतक हानेका छन् । अनिलले ११ चाैका र १ छक्काकै मद्दतले शतक बनाएका हुन् ।
अनिलले ११८ बलमा लगातार दुईवटा चौका प्रहार गर्दै करिअरकै पहिलो शतक हानेका हुन् । त्यस्तै भीम सार्कीले पनि शतक हानेका छन् । उनले १२७ बलमा शतक प्रहार गरेका हुन् । त्यसका लागि ११ चाैका र एउटा छक्का प्रहार गरेका थिए ।
उनीहरुले कुशल भुर्तेल र आसिफ शेखको नाममा रहेको एक सय ७१ रनको साझेदारीको राष्ट्रिय कीर्तिमान तोडेका हुन्।
क्यानडाविरुद्ध अहिले भइरहेको खेलमा अनिल र भीमले दोस्रो विकेटका लागि एक सय ८२ रनको साझेदारी गरिसकेका छन्।

