

त्रिवि उपकुलपतिका लागि १४ जना ‘सर्ट लिस्ट’मा, को-को परे ?

काठमाडौं – त्रिभुवन विश्वविद्यालयको उपकुलपति छनोटका लागि गठित समितिले उपकुलपतिका लागि आवेदन दिएकामध्ये १४ जनाको ‘सर्ट लिस्ट’ सार्वजनिक गरेको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहालको निर्देशन अनुसार त्रिभुवन विश्वविद्यालयमा खुला प्रतिस्पर्धाका माध्यमबाट योग्य व्यक्तिलाई नियुक्ति गर्ने तयारीस्वरुप त्रिविको रिक्त उपकुलपति पदमा आवेदन माग गरिएको थियो ।
४३ जनाले आवेदन दिएकामध्ये समितले १४ जनालाई ‘सर्ट लिस्ट’मा राखेको हो ।
‘सर्ट लिस्ट’मा पर्नेमा कुसुम शाक्य, केशरजंग बराल तथा गोविन्द सुवेदी छन् । त्यस्तै चित्रबहादुर बुढाथोकी, ज्ञानेन्द्र प्रसाद पौडेल, टंकनाथ धमला, तीर्थराज खनियाँ र नारायणप्रसाद बेलवासे रहेका छन् ।
त्यसैगरी प्रकाश घिमिरे, भोजराज अर्याल, महेन्द्र पव्रसाद शर्मा, रामचन्द्र बस्नेत, शिवलाल भुसाल र सूर्यबहादुर थापा पनि ‘सर्ट लिस्ट’मा परेका छन् ।
उनीहरुमध्येबाट अब समितिले अन्तर्वार्ता र कार्ययोजनाको प्रस्तुतीकरणका आधारमा तीन जनाको नाम प्रधानमन्त्री तथा कुलपतिलाई सिफारिस गर्नेछ ।

