
पाल्पामा श्रीमान-श्रीमती मृत फेला
पाल्पा- पाल्पाको रिब्दीकोटमा श्रीमान-श्रीमती मृत फेला परेका छन् ।
सोमबार रिब्दीकोट गाउँपालिका वडा नम्बर ८ काहुलेमा ५४ वर्षीय अम्मरबहादुर गाहा र उनकी ४२ वर्षीया श्रीमती श्यामकला गाहा आफ्नै घरमा मृत फेला परेका हुन्।
अम्मरबहादुर कोठामा झुण्डिएको अवस्थामा र अर्को कोठामा श्रीमती श्यामकला खाटमा मृत फेला परेकी थिइन् । प्रहरीले घटनास्थलबाट मदिरा र खानेकुराहरू बरामद गरेको छ ।
प्रहरीले यस घटनाको थप अनुसन्धान अघि बढाएको छ ।



कागजपत्र |
