

मुख्यमन्त्री कप भलिबलको उपाधि एपीएफलाई

कञ्चनपुर- मुख्यमन्त्री कप पुरुष राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधि विभागीय टोली एपीएफले जितेको छ ।
शनिवार कञ्चनपुरको महेन्द्रनगरस्थित खुल्लामञ्चमा भएको फाइनलमा गण्डकीलाई ३-१ को सेटमा पराजित गर्दै एपीएफले उपाधि जितेको हो ।
उपाधिसँगै एपीएफले चार लाख रुपैयाँ नगदसहित ट्रफी हात पारेको छ । उपविजेता गण्डकीले दुई लाख नगद प्राप्त गर्यो ।
सुदूरपश्चिम खेलकुद परिषद्को आयोजनामा सम्पन्न प्रतियोगिता माघ १४ गतेदेखि शुरू भएको थियो । प्रतियोगितामा तीन विभागीयसहित सात प्रदेशका टोली सहभागी थिए ।

