माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु


तनहुँ – तनहुँको कुम्लेखोलामा शनिबार बिहान माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा शुक्लागण्डकी-६ ओखलेका २८ वर्षीय सन्तोष कुमाल रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार कुम्लेखोला सल्यान शारदा नगरपालिका-१२ स्थायी घर भइ हाल शुक्लागण्डकी-६ ओखलेमा डेरा गरी बस्ने २५ वर्षीय सन्तोष डाँगी र सन्तोष कुमाल विद्युतीय तारको प्रयोग गरी माछा मार्दै गर्दा कुमाल करेन्ट लागेर घाइते भएका थिए ।

घाइते कुमाललाई उपचारको लागी जीपी कोइराला श्वासप्रश्वास केन्द्र बेचलौतारा लागिएकोमा करिव ३ बजे चिकित्सकद्वारा मृत घोषणा गरिएको थियो । उक्त घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया