

दरबारमार्गको क्यासिनो प्यालेसबाट पक्राउ परेकामध्ये तीनजना सञ्चालक

काठमाडौं- काठमाडौंको दरबारमार्गस्थित क्यासिनो प्यालेसबाट पक्राउ परेका ९ जनामध्ये तीनजना सोही क्यासिनोका सञ्चालक गरेको खुलेको छ ।
पक्राउ पर्नेहरूमा गौरव चोप्डा, रिषभ पावा र गुलाब सिंह छन् । तीनैजना भारतीय नागरिक रहेकाे काठमाडौं प्रहरीका एसपी कुमोध ढुंगेलले बताए । सट्टेबाजी खेल्न गएका अन्य ६ जना नेपाली रहेकाे खुलेकाे छ ।
काठमाडौं प्रहरीको विशेष टोलीले उनीहरूलाई बिहीबार राति पक्राउ गरेको थियो । क्यासिनोभित्र अवैध सट्टेबाजी खेलाएको आरोपमा उनीहरू पक्राउ परेका हुन् ।
उनीहरूमाथि प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

