

भारतमा पुलमुनी भेटियो नेपालीको शव

काठमाडाैं- भारतमा एक नेपाली मृत फेला परेका छन् । बझाङका सन्तोष रावल भारतको बैंगलोरमा मृत फेला परेका हुन् ।
छान्ना घर भई रोजगारीको सिलसिलामा परिवारसहित बैंगलोरमा बस्दै आएका रावल मृत फेला परेको बताइएको छ ।
उनको अफिसबाट ३ किलोमिटर टाढा मेट्रो पुल तल प्रहरीले शव फेला पारेको रभी रुपेनले जानकारी दिए ।
उनको शव सागर हस्पिटलमा राखिएको र घटनाबारे कर्नाटक पुलिसले अनुसन्धान गरिरहेको बताइएको छ ।

