

आज पनि चलेनन् गुल्सन, जारी विश्वकपका ४ खेलमा २४ रन

काठमाडौं – आईसीसी यू–१९ विश्वकप अन्तर्गतको सुपर सिक्सको खेलमा पनि गुल्सन झा असफल सावित भएका छन् ।
खेलको चौथो विकेटका रुपमा कप्तान देव खनाल आउट भएपछि मैदानमा प्रवेश गरेका गुल्सन झा ३ रन बनाउँदै आउट भए ।
यससँगै जारी विश्वकपमा गुल्सन असफल सिद्ध भएका छन् ।
उनले यसअघि सम्पन्न विश्वकपकै खेलहरुमा अफगानिस्तानविरुद्ध १ रनमा आउट भएका थिए भने पाकिस्तानविरुद्ध १८ रन बनाएका थिए । त्यस्तै न्यूजिल्याण्डविरुद्धको खेलमा २ रनमा आउट भएका थिए ।
सिनियर टोलीका समेत नियमित सदस्य रहेका गुल्सन झाले यस विश्वकपमा अपेक्षाकृत प्रदर्शन गर्न सकेनन् ।
जारी खेलमा नेपाल अहिले ५ विकेट गुमाएर ३६ ओभरमा १२५ रन बनाएर खेलिरहेको छ ।
नेपालका लागि कप्तान देव खनाल ३५ रनमा आउट हुँदा अर्जुन कुमालले १४ रन बनाएर आउट भए । त्यस्तै विपिन रावल र आकाश त्रिपाठी क्रमशः २ र ३ रन बनाएर आउट भए ।
नेपालका लागि अहिले विशालविक्रम केसी र गुल्सन झाले ब्याटिङ गरिरहेका छन् । केसी ४१ रन बनाएर खेलिरहेका छन् भने दिपक बोहोरा ३ रन बनाएर क्रिजमा रहेका छन् ।

