अवैध क्रिप्टो कारोबारमा संलग्न ७ जना पक्राउ


काठमाडौं-  अवैध क्रिप्टोकरेन्सी कारोबारमा संलग्न भएको आरोपमा सात जना पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले सोमवार काठमाडौं तथा ललितपुरका विभिन्न ठाउँबाट पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा सिराहाका २४ वर्षीय मिथलेश कुमार मण्डल, २४ वर्षीय मुरारी साह, २४ वर्षीय आर्यन साह,  २४ वर्षीय अनिशकुमार रौनियार, २६ वर्षीय रोशन चौधरी, २३ वर्षीय शिवम कुमार यादव, २४ वर्षीय हरिशंकर चेधरी रहेका छन् ।   उनीहरूबाट विभिन्न ब्रान्डका १५ थान मोबाइल र चार थान ल्यापटप बरामद भएको छ ।

प्रहरीका अनुसार कार्यालयलाई विभिन्न व्यक्तिहरू अवैध क्रिप्टोकरेन्सी (Bitcoin, cash app)मार्फत जुवा, मिल्किवे, गेमभल्ट, फायरकिरिन, भेगास स्विप्स, ओरियन स्टार जस्ता खेल खेलाउने गरेको भन्ने गोप्य सूचना प्राप्त भएको थियो । त्यसैका आधारमा कार्यालयबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।

उनीहरूमाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया