पशुपतिमा आरती खिच्ने ठेक्का: छानबिनका लागि समिति गठन


काठमाडौं- पशुपतिनाथमा दैनिक हुने सन्ध्या आरतीको बुढासुब्बालाई दिइएको कपीराइट छानबिनका लागि अध्ययन गठन भएकाे छ ।

पर्यटनमन्त्री सुदन किरातीको अध्यक्षतामा मन्त्रालयमा बसेको पशुपति क्षेत्र विकास कोषको बोर्ड बैठकले कोषाध्यक्ष नारायणप्रसाद सुवेदीको नेतृत्वमा ५ सदस्यीय अध्ययन समिति गठन गरेको हो ।

समितिको सदस्यमा काठमाडौं महानगरका प्रतिनिधि र कोषका सदस्यहरू छन् । समितिलाई १५ दिनभित्र प्रतिवेदन बुझाउन समय सीमा तोकिएको छ ।

पशुपतिनाथ मन्दिरभित्र दैनिक हुने सन्ध्या आरतीलाई डिजिटल माध्यमबाट प्रत्यक्ष प्रसारण गर्ने विषयमा ६ महिना अगाडि भएको सम्झौता केही दिनअघि एकाएक चर्चामा आएको थियो ।

प्रतिक्रिया