

काठमाडौंको होटेल भियानामा जुवाखाल, १३ लाख बढी रकमसहित ११ जना समातिए

काठमाडौं- काठमाडौंको ज्याठास्थित होटेल भियानामा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले ११ जनालाई पक्राउ गरेको छ ।
सोमबार राति रोल्पाका ३६ वर्षीय लीला डाँगीसहित ११ जनालाई पक्राउ गरेको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।
डाँगीले उक्त होटेलको कोठा नम्बर ६१२ भाडामा लिई जुवा खेलाइरहेको भन्ने सूचनाका आधारमा प्रहरी टोली खटिएको थियो ।
नगद १३ लाख ६२ हजार ५०० रुपैयाँ र चार बुक ताससहित उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

