कर्णालीलाई आर्मीले हरायो


काठमाडौं- त्रिभुवन आर्मी क्लबले कर्णाली प्रदेशमाथि १६४ रनको फराकिलो जित हासिल गरेको छ।

टियु मैदानमा आइतबार सम्पन्न खेलमा त्रिभुवन आर्मीले दिएको २८० रनको लक्ष्य पछाएको कर्णाली प्रदेशले २९ ओभरमा अलआउट हुँदै ११५ रन मात्र बनाएपछि खेल १६४ रनले हारेको हो ।

यो जितपछि आर्मी अंकतालिकामा तेस्रो स्थानमा उक्लिएको छ । आर्मीको ७ खेलमा ५ जितसहित १० अंक हासिल गरेर तेस्रो स्थानमा उक्लिएको हो ।

त्यसैगरी कर्णालीले भने पाँचौं हार बेहोरेको छ । कर्णालीको ८ खेलमा ६ अंक रहेको छ र हाल सातौं स्थानमा रहेको छ ।

प्रतिक्रिया