४६ वर्षीया महिलामाथि जबरजस्ती गरेको आरोपमा २७ वर्षका युवक पक्राउ


तनहुँ– तनहुँमा ४६ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा शुक्लागण्डकी नगरपालिका–१० खोरादी बस्ने २७ वर्षीय प्रकाश विक रहेको प्रहरीले जनाएको छ । उनलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

विकले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय भिमाद र इलाका प्रहरी कार्यालय बेलचौताराबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको बताइएको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया