
बिहारका मुख्यमन्त्री नीतीशकुमारले दिए राजीनामा
काठमाडौं । भारतको बिहार राज्यका मुख्यमन्त्री नीतीशकुमारले आइतबार राजीनामा दिएका छन् । आइतबार राजभवन पुगेर उनले राज्यपाल राजेन्द्र अरलेकरसमक्ष आफ्नो राजीनामा बुझाएका हुन् ।
बिहारमा आइतबार नै नयाँ सरकार गठन हुने बताइएको छ । फेरि पनि नीतीशकुमार नै मुख्यमन्त्री बन्ने भारतीय सञ्चारमाध्यमले जनाएका छन् । उनले गठबन्धन फेरेर फेरि मुख्यमन्त्री हुने तयारी गरेको बताइएको छ ।



कागजपत्र |
