नेकपा एकीकृत समाजवादीको राष्ट्रिय सम्मेलन आजबाट


काठमाडौं – माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी (एस) को राष्ट्रिय सम्मेलन आजबाट सुरु हुँदै छ । विधान हेरफेर लगायतका एजेण्डसहित प्रज्ञा भवनमा बिहान ११ः३० बजेबाट सम्मेलन सुरु हुनेछ ।

सम्मेलनमा पार्टी मातहतका कमिटी तथा जिल्ला तहका कार्यकर्ताबाट विधान संशोधनका लागि आएका सुझावहरूमाथि छलफल हुने छ ।

पार्टीको आसन्न महाधिवेशनका लागि वैचारिक दृष्टिकोण तथा कार्य योजनामा केन्द्रित रहने बैठकमा पार्टी सुदृढीकरणका साथै देशभर आधारभूत तहसम्म सङ्गठन स्थापित गर्न कार्य योजना सम्मेलनमा बनाइने प्रवक्ता जगन्नाथ खतिवडाले बताए ।

पार्टीले विधानको मस्यौदा तयार पार्न उपाध्यक्ष बेदुराम भुसालको नेतृत्वमा तीन सदस्यीय कार्यदल गठन गरेको छ ।

प्रतिक्रिया