यू–१९ विश्वकपः नेपाललाई १४६ रनको लक्ष्य


काठमाडौं – यू–१९ विश्वकपको सुपर सिक्स प्रवेशका लागि नेपालले १४६ रनको लक्ष्य पाएको छ ।

दक्षिण अफ्रिकामा जारी विश्वकपको समूह चरणको अन्तिम खेलमा नेपालले अफगानिस्तानविरुद्ध जितका लागि उक्त लक्ष्य पाएको हो ।

जित्नै पर्ने बाध्यतासहित मैदानमा प्रवेश गरेका दुवै टिममा अफगानिस्तानले टस जित्दै ब्याटिङ रोजेको थियो ।

खराब ब्याटिङ सुरुवात गरेको अफगानिस्तानका अन्तिमतिरका ब्याट्सम्यानले दबाबबीच उत्कृष्ट क्रिकेट खेल्दै  ४०.१ ओभरमा १४५ रन बनाएका थिए ।

४३ रन बनाउँदा ६ विकेट गुमाइसकेको अफगानिस्तानका लागि एम. घजन्फारले विस्फोट ३७ रन बनाएका थिए । एक सय ८८ रनमा ८ विकेट गुमाइसकेको अफगानिस्तानका लागि कप्तान नसिर खान र फारिदुन दावुदजैले उत्कृष्ट क्रिकेट खेल्दै नवौं विकेट गुम्दासम्म १४३ रन बनाएका थिए । कप्तान खानलाई दिपक कँडेलले ३१ रन बनाउँदा आउट गरेका थिए ।

नेपालका लागि आकाश चन्दले उत्कृष्ट क्रिकेट खेल्दै ५ विकेट लिएका थिए भने दिपेश कँडेलले २ विकेट लिए भने तिलक भण्डारी, सुवास भण्डारी र गुल्लन झाले १/१ विकेट हात पारेका थिए ।

प्रतिक्रिया