

काठमाडौंबाट दुईजना हुण्डी कारोबारी पक्राउ

काठमाडौं- हुण्डी कारोबार गरेको आरोपमा प्रहरीले काठमाडौंबाट दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा काठमाडौं अनामनगरका युवराज प्रसाईँ र सुनसरी घर भइ काठमाडौंको नयाँबस्ती बस्ने विश्वास राई छन् ।
राईको बौद्ध नयाँ बस्तीमा रहेको सटर कोठाबाट ३० लाख १८ हजार रुपैयाँ नगद, २ थान ल्यापटप र ५ थान मोबाइल वरामद भएको प्रहरीले जनाएको छ ।
नेपाल राष्ट्र बैंकबाट अनुमति नलिई हुण्डी कारोबार गरेको आरोपमा उनीहरुलाई प्रकाउ गरेको केन्द्रीय अनुसन्धान ब्यूरोले जनाएको छ ।
उनीहरुलाई नेपाल राष्ट्र बैंक ऐन, २०५८ अन्तर्गतको कसुरमा म्याद थप गरी अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ ।

