
आकाश चम्किँदा नेपालको शानदार सुरूवात, अफगानिस्तानले गुमायो चाैथाे विकेट
काठमाडौं — आकाश चन्द चम्किँदा नेपालले अफगानिस्तानविरुद्ध शानदार सुरुवात गरेको छ । आईसीसी यू–१९ विश्वकपको पहिलो चरणको आफ्नो अन्तिम खेलमा नेपालले अफगानिस्तानविरुद्ध ८ ओभरमा ४ विकेट लिइसकेको छ ।
नेपालका लागि आकाश चन्दले ३ विकेट लिएका छन् भने गुल्सन झा ले १ विकेट लिएका छन् ।
विकेटकिपर नुमान शाह र खालिद तानिवालले खाता नखोली आउट भए। नेपालका गुल्सन झा र आकाश चन्दले एक एक विकेट हात पारे।
त्यस्तै अफगानिस्तानका जमशिद जर्दान ३ रन र सोहिल खान जुर्मती ४ रन बनाउँदै आउट भएका छन् ।
अफगानिस्तान अहिले ८ ओभरमा ४ विकेट गुमाउँदै २७ रन बनाएर खेलिरहेको छ ।



कागजपत्र |
