नयाँ बानेश्वरमा सडक भासियो, गुडिरहेको बस फस्यो


काठमाडौं-  काठमाडौंको मुख्य सडक नयाँ बानेश्वर चोकको सडक भासिएको छ । सडक भासिँदा गुड्दै गरेको बस फसेको छ ।

कोटेश्वरबाट रत्नपार्कतर्फ गइरहेको बा. ३ ख ३७६२ नम्बरको यात्रुवाहक बस  एभरेष्ट होटलको अगाडि सर्भिस लेनमा फसेकाे हाे ।

सडकमुनि खाल्डो वा ढल भएकाले पछाडिको एउटा चक्का भासिएको बताइएकाे छ । अहिले ट्राफिक र नेपाल प्रहरी भएर बसलाई हटाउन लागेका छन् ।

प्रतिक्रिया