नेपाली ग्याङले भारतमा गरे लुटपाट, २ जना पक्राउ


भारत – भारतमा एक नेपाली समूहले लुटपाट गरेको खुलेको छ । भारतको केरलास्थित एक घरमा पाँचजनाको समूहले नगद र गहना लुटपाट गरेको भारतीय सञ्चारमाध्यमले जनाएको छ ।

हरिहरपुरममा घरको मालिकलाई बेहोस पार्ने खाना खुवाएर मंगलबार राति उनीहरूले लुटपाट गरेका बताइएको छ । श्रीदेवी अम्मा नाम गरेकी महिलाको घरबाट उनीहरूले ३० हजार भारतीय रुपैयाँ नगद र हाल परीणाम नखुलेको सुनका गहना चोरी गरेको बताइएको छ ।

भाग्ने क्रममा दुई जनालाई स्थानीयले पक्राउ गरेर प्रहरीलाई बुझाएका छन् । पक्राउ पर्नेमा जनार्दन उपाध्याय  र राजकुमार रहेको बताएको छ । प्रहरीले उनीहरूको नाम पुष्टि गर्न बाँकी रहेको बताएको छ ।

श्रीदेवीको घरमा काम गर्ने नेपाली महिलाको सहयोगमा लुटपाट भएको बताइएको छ ।

 

प्रतिक्रिया