

राष्ट्रियसभा सदस्यका लागि कर्णालीमा सकियो मतदान

सुर्खेत – राष्ट्रियसभा सदस्यका लागि कर्णाली प्रदेशमा मतदान सम्पन्न भएको छ ।
तीन सदस्यका लागि प्रदेश निर्वाचन कार्यालयमा बिहान ९ बजेबाट मतदान सुरू भएको थियो ।
कर्णालीमा स्थानीय तह र प्रदेश गरेर १९६ जना मतदाता छन् ।
प्रदेशसभाका ४० तथा स्थानीय तहका १५६ मतदाताले मतदान गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

