सुनको मूल्य घट्यो, चाँदीको बढ्यो


काठमाडौँ – नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा ४०० रुपैयाँले घटेर तोलाको एक लाख १८ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बुधबार छापावाल सुन तोलाको एक लाख १८ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो । निरन्तर चार दिन स्थिर रहेर मूल्य घटेको हो ।

यस्तै, तेजाबी सुन तोलाको एक लाख १७ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ । यस्तैगरी, आज चाँदीको मूल्य भने तोलामा २० रुपैयाँले बढेको छ । चाँदी तोलाको एक हजार ४०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया