

आज पनि घट्यो सुनको मुल्य, यस्तो छ आजको भाउ

काठमाडौँ – नेपाली बजारमा सुनको मूल्य ओरालो लाग्ने क्रम जारी छ । लगातार ओरालो लागिरहेको सुनको मूल्य आज पनि तोलामा ९०० ले घटेको छ ।
स्थानीय बजारमा बिहीबार तोलामा ८६ हजार ५०० मा कारोवार भएको छापावाला सुन आज शुक्रबार ९०० ले घटेर तोलामा ८५ हजार ६०० मूल्य कायम भएको छ ।
यसैगरी तेजाबी सुन तोलाको ८५ हजार १५० मूल्य निर्धारण भएको छ । तेजाबी सुन बिहीबार तोलामा रु ८६ हजार ५० मा कारोवार भएको थियो ।
यस्तै चाँदीको मूल्य तोलामा रु ३५ ले घटेको छ । तोलामा रु एक हजार २८५ मा बिहीबार कारोवार भएको चाँदी आज भने रु एक हजार २५० मूल्य निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

