सप्तरीमा झडप, लाठी चार्ज गर्दा शिक्षामन्त्री घाइते


सप्तरी- सप्तरीको राजविराजमा कृषि विश्वविद्यालयको भवन शिलान्यास कार्यक्रममा प्रहरीले लाठी चार्ज गरेको छ ।

सोमबार दिउँसो विश्वविद्यालय भवन शिलान्यास गर्ने क्रममा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई स्वागत गर्न बसेकाहरूमाथि प्रहरीले बल प्रयोग गरेको हो ।

प्रहरीले लाठी चार्ज गर्ने क्रममा मधेश प्रदेशका शिक्षा मन्त्री महेशप्रसाद यादवको टाउकोमा चोट लागेको छ ।  शिक्षा मन्त्री यादव जनमत पार्टीका हुन् ।

आफूहरू उपेन्द्रको स्वागत गर्न बसेको र त्यस क्रममा प्रहरीले लाठी चार्ज गरेको जनमत पार्टीका सचिव बिपी साहले बताए ।

 

 

प्रतिक्रिया