
काठमाडौं महलका व्यवसायीको आरोप- महानगर प्रहरीले हातपात गर्यो
काठमाडौं- काठमाडौं महलका व्यवसायीहरुले काठमाडौं महानगरपालिका अगाडि विरोध प्रदर्शन गरेका छन्। सोमबार उनीहरुले काठमाडौं महानगरपालिका अगाडि भेला भइ प्रदर्शन गरेका हुन् ।
व्यवसायीहरुले आफूहरु सञ्चयकोषको काठमाडौं महलको ग्राउण्ड फ्लोरमा व्यवसाय गर्दै आइरहेको र एक वर्ष अवधि हुँदा पनि आफूहरुलाई महानगरपालिकाले नगरप्रहरी लगाएर अपमान गरेको बताए ।
व्यवसायी श्रीधर पोखरेलले महानगरले अदालतको आदेश विपरीत व्यवसायीहरुमाथि धरपकड गरेको बताए । उनले महानगरपालिकाका नगरप्रहरी प्रमुख राजुनाथ पाण्डेसहितको टोलीले आफूहरुमाथि हातपात गरेको बताए ।



कागजपत्र |
