मनिषालाई बधाई दिँदै ओलीले लेखे, ‘नानीलाई बधाई, अब काममा पनि त्यस्तै सफलता प्राप्त होओस्’


काठमाडौं – नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले एकै बर्षमा लोकसेवा आयोगले लिएको पाँच परीक्षामा सफल भएकी गुल्मीकी मनिषा जिसीलाई बधाई दिएका छन् ।

सामाजिक सञ्जलमार्फत् अध्यक्ष ओलीले मनिषालाई बधाई दिएका हुन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘गुल्मीकी मनीषा जिसीले लोकसेवा आयोगले लिएको विभिन्न पदको परीक्षामा एकै वर्षमा पाँच वटा पदमा नाम निकाल्न सफल भएको समाचार आज अनलाइनहरुमा पढें । यो सुखद् खबर हो ।’

अध्यक्ष ओलीले मनिषाको सफलता नेपाली युवा पुस्ताका लागि सुखद समाचार रहेको पनि बताएका छन् । ‘मेहनत गर्नेलाई स्वदेशमै अवसर छ भन्ने सकारात्मक सन्देश यसले दिएको छ । मनीषा नानीलाई बधाई, अब काममा पनि त्यस्तै सफलता प्राप्त होओस, शुभकामना !’

प्रतिक्रिया